एकान्तमा यो कस्तो………….

एकान्तमा यो कस्तो खलबल
पाइला पाइलाहरूमा कोलाहल
खोजिरहेछ ब्युँझन पलपल
खोजिरहेछ ब्युँझन पलपल
भैचालो मनमा आजकल
भैचालोमा मनमा आजकल

मोड मोडमा शङ्का उभिँदा
भुमरी पर्छ आशमा
भीडमा एक्लो एक्लो हुँदा
बेचैनी बढ्छ सासमा
पारि पुगुँला भन्दा झन्झन्
पारि पुगुँला भन्दा झन्झन्
डुङ्गा नदीमा ढलपल
डुङ्गा नदीमा ढलपल

आकाश उदास छ टल्पलाउँदा
नीर तिम्रा ति आँखामा
जीवन निराश छ सलबलाउँदा
पीर तिम्रा ती भाखामा
विश्राम लिन चाहँदा एकछिन
विश्राम लिन चाहँदा एकछिन
किन यो तनमा हलचल
किन यो तनमा हलचल
एकान्तमा यो कस्तो खलबल
पाइला पाइलाहरूमा कोलाहल
खोजिरहेछ ब्युँझन पलपल
खोजिरहेछ ब्युँझन पलपल
भैचालो मनमा आजकल
भैचालोमा मनमा आजकल

शब्दः रत्न शम्शेर थापा
संगीतः अम्बर गुरूङ
स्वरः शिशिर योगी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!