बारीका कान्ला सारा गाउँघर करेसामा फुल्यो होला सयपत्री
जाते पिङको मच्याईमा लहलह यो बेला झुल्यो होला सयपत्री

सधैँ सरी आयो होला यो पाला दशैँ तिहार निम्ता मान्ने सयपत्री

घरिघरि सम्झायो होला एक्लो छोरो नि कठै आशिष थाप्ने सयपत्री
जाते पिङको मच्याईमा लहलह यो बेला झुल्यो होला सयपत्री
साच्ची बान्की परेकी हिस्सीकी खानी तिनी सुनैसुनकी सयपत्री

पग्लिदै होलिन् गलि बग्दै होलिन् बरि विरह बनि सयपत्री
जाते पिङको मच्याईमा लहलह यो बेला झुल्यो होला सयपत्री
हाम्रा पनि गुम्सिएका मनका रहर जति पुऱ्याउन सयपत्री

आउँला नि सुदिन फिरि उराठ मुटुभरि फुलाउन सयपत्री
जाते पिङको मच्याईमा लहलह यो बेला झुल्यो होला सयपत्री
बारीका कान्ला सारा गाउँघर करेसामा फुल्यो होला सयपत्री
जाते पिङको मच्याईमा लहलह यो बेला झुल्यो होला सयपत्री
झुल्यो होला सयपत्री
फुल्यो होला सयपत्री
झुल्यो होला सयपत्री
शब्दः रत्न शम्शेर थापा
संगीतः अम्बर गुरूङ
स्वरः दीप श्रेष्ठ