मैले देखेको सपनामा म मरेको थिएँ
तिमी रुदै थियौ, म ढलेको थिएँ
म ढलेको थिएँ, म ढलेको थिएँ
तिमी आवाज सुनाउँथ्यौ, म सुन्दिन थिएँ
तिमी बाँच भन्थ्यौ, म जाग्दिन थिएँ
मैले भोगेको जिन्दगीमा मै मरेको थिएँ
मैले भोगेको जिन्दगीमा मै मरेको थिएँ
तिमी जोगाउँदै थियौ, म सकिदै थिएँ
म सकिदै थिएँ
तिमी रोक्दै थियौ, म जाँदै थिएँ
हामी दुवै छुट्नलाई आपसमा रुदै थियौँ
मैले देखेको मृत्युलाई म नियाल्दै थिएँ
मैले देखेको मृत्युलाई म नियाल्दै थिएँ
तिमी डराउँदै थियौ, म अँगाल्दै थिएँ
मैले देखेको सपनामा म मरेको थिएँ
तिमी रुदै थियौ, म ढलेको थिएँ
म ढलेको थिएँ, म ढलेको थिएँ
शब्दः अर्जुन सापकोटा
संगीतः किरण रसाइली
स्वरः दीप श्रेष्ठ