चिन्दै नचिनेको भए हुन्थ्यो
चिन्दै नचिनेको भए हुन्थ्यो
बाटो नदेखेको भए हुन्थ्यो
सपना किन मलाई मीठो मीठो लाग्थ्यो नि
मीठो मीठो लाग्थ्यो
चिन्दै नचिनेको भए हुन्थ्यो
बाटो नदेखेको भए हुन्थ्यो
सपना किन मलाई मीठो मीठो लाग्थ्यो नि
मीठो मीठो लाग्थ्यो
चिन्दै नचिनेको भए हुन्थ्यो
मर्स्याङ्दी खोलाको पानी साह्रै सङ्लो थियो
मर्स्याङ्दी खोलाको पानी साह्रै सङ्लो थियो
मर्स्याङ्दी खोलाको पानी साह्रै सङ्लो थियो
मर्स्याङ्दी खोलाको पानी साह्रै सङ्लो थियो
मलाई पनि तिर्खा त एकै घुट्को थियो नि
एकै घुट्को थियो
पिउँदै नपिएको भए हुन्थ्यो
बेकारमा प्यास किन बढ्थ्यो
सपना किन मलाई मीठो मीठो लाग्थ्यो नि
मीठो मीठो लाग्थ्यो
चिन्दै नचिनेको भए हुन्थ्यो
तिमीलाई हेर्दा हेर्दै म त्यसै हराएँ
तिमीलाई हेर्दा हेर्दै म त्यसै हराएँ
तिमीलाई हेर्दा हेर्दै म त्यसै हराएँ
तिमीलाई हेर्दा हेर्दै म त्यसै हराएँ
भञ्ज्याङ र गोरेटोमा कता हो बिलाए म
कता हो बिलाए
चन्द्रै नभएको भए हुन्थ्यो
बेकारमा जून किन लाग्थ्यो
सपना किन मलाई मीठो मीठो लाग्थ्यो नि
मीठो मीठो लाग्थ्यो
चिन्दै नचिनेको भए हुन्थ्यो
शब्दः हेम हमाल
संगीतः शम्भुजीत बास्कोटा
स्वरः दिपक खरेल