जब जब तिम्रो सम्झना आउँछ
जब जब तिम्रो सम्झना आउँछ
मन बुझाउँछु तस्वीर हेरेर
यादै यादमा तड्पिन्छ मन
यादै यादमा तड्पिन्छ मन
सँगै रहँदाको पल सम्झेर
सँगै रहँदाको पल सम्झेर
मैले पुजिरहछु तिम्रो नाम हरेक साँझ दियो जलाई
मैले पुजिरहछु तिम्रो नाम हरेक साँझ दियो जलाई
मायाले तिम्रो अल्झिरहेछु
हृदयमा तिम्रै रूप कोरिरहेछु
जब जब तिम्रो सम्झना आउँछ
जब जब तिम्रो सम्झना आउँछ
मन बुझाउँछु तस्वीर हेरेर
यादै यादमा तड्पिन्छ मन
यादै यादमा तड्पिन्छ मन
सँगै रहँदाको पल सम्झेर
सँगै रहँदाको पल सम्झेर
भुल्ने छैन ती रमाइला झणहरू, रुझेका ती वसन्ती दिनहरू
भुल्ने छैन ती रमाइला झणहरू, रुझेका ती वसन्ती दिनहरू
देऊन साथ नपार फेरि एक्लै,
देऊन साथ नपार फेरि एक्लै
कहिल्यै नटुट्ने गरी हाम्रा प्रीतहरू
जब जब तिम्रो सम्झना आउँछ
जब जब तिम्रो सम्झना आउँछ
मन बुझाउँछु तस्वीर हेरेर
यादै यादमा तड्पिन्छ मन
यादै यादमा तड्पिन्छ मन
सँगै रहँदाको पल सम्झेर
सँगै रहँदाको पल सम्झेर
जब जब तिम्रो सम्झना आउँछ
मन बुझाउँछु तस्वीर हेरेर
शब्दः शीला (रिजाल) खरेल
संगीतः हरि लम्साल
स्वरः दिपक खरेल