मलाई माफ गरिदेऊ मेरा लोभी नजर
कहीँ कसैमा डुबेछ भने
म त खोजिरहेछु हरेक चेहेरामा
मेरी सपनाकी एक प्रियसी मायालु
मलाई माफ गरिदेऊ मेरा लोभी नजर
कहीँ कसैमा डुबेछ भने
म त खोजिरहेछु हरेक चेहेरामा
मेरी सपनाकी एक प्रियसी मायालु
ऊ आउँछे सधै म निदा’को बेला
अनि बस्छे मेरो छातीमा
ऊ साट्छे सधै मेरा पीरहरूसित
उसका मीठा मीठा भावना
ऊ साट्छे सधै मेरा पीरहरूसित
उसका मीठा मीठा भावना
मलाई माफ गरिदेऊ मेरो प्रेमको कुरा
कहीँ कसैलाई बिझेछ भने
म त खोजिरहेछु हरेक चेहेरामा
मेरी सपनाकी एक प्रियसी मायालु
उसको आँखा र ओठ मेरो रोदीघर हो
उसको छाती मेरो बास हो
उसको आँशु बर्खा उसको सुस्केरा शिशिर
उसको मुस्कान मेरो मधुमास
उसको आँशु बर्खा उसको सुस्केरा शिशिर
उसको मुस्कान मेरो मधुमास
मलाई माफ गरिदेऊ मैले मृगतृष्णा
कहीँ कसैमा देखेछु भने
म त खोजिरहेछु हरेक चेहेरामा
मेरी सपनाकी एक प्रियसी मायालु
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल