आँखादेखि चिहाई हेरेँ, मन पनि फुकाई हेरेँ
फूलभन्दा कोमल देखेँ, आफैभन्दा राम्रो देखेँ
मेरी मायालु, मेरी मायालु
आँखादेखि चिहाई हेरेँ, मन पनि फुकाई हेरेँ
फूलभन्दा कोमल देखेँ, आफैभन्दा राम्रो देखेँ
मेरी मायालु, मेरी मायालु
हिमालको सेतो सिउँदो बिहानीको सिन्दुरमा
रंगिएका गाला तिम्रो गोधुलीको लजाईमा
हिमालको सेतो सिउँदो बिहानीको सिन्दुरमा
रंगिएका गाला तिम्रो गोधुलीको लजाईमा
त्यसै त्यसै झोलिएको त्यसै त्यसै मातिएको
बयानको बाहिर पाए बैँशालुको उफान देखें
मेरी मायालु, मेरी मायालु
आँखादेखि चिहाई हेरेँ, मन पनि फुकाई हेरेँ
फूलभन्दा कोमल देखेँ, आफैभन्दा राम्रो देखेँ
मेरी मायालु, मेरी मायालु
तर्सिएको आँखाभित्र चञ्चलताको आभास पाएँ
तर्सिएको आँखाभित्र चञ्चलताको आभास पाएँ
खोलिएको ओठभित्र जिन्दगीको हाँसो पाएँ
आफैभित्र फुलिएको कुन्नी कसलाई आज देखेँ
मैदानको छातीमाझ रमाइलो किनार देखेँ
मेरी मायालु, मेरी मायालु
आँखादेखि चिहाई हेरेँ, मन पनि फुकाई हेरेँ
फूलभन्दा कोमल देखेँ, आफैभन्दा राम्रो देखेँ
मेरी मायालु, मेरी मायालु
शब्दः नगेन्द्र थापा
संगीतः गोपाल योञ्जन
स्वरः माणिकरत्न