जाँदैछु माया छाडी, मन परे टिपी हिँड्नु
खसेको आँशु मुटुको फूर्सदमा सेकिदिनु
खसेको आँशु मुटुको फूर्सदमा सेकिदिनु
जाँदैछु म माया छाडी
सम्झना सधै रहँला, छाती कुना कुनामा
सम्झना सधै रहँला, छाती कुना कुनामा
यही चित्र आई रहँला, आँखाको नानी बीचमा
जाँदैछु जिम्मा लाई सुनौलो जिन्दगीलाई
ढुंगा होला भनेर भुलले नछाडी दिनु
जाँदैछु म माया छाडी
खुशीको पल बितेको भर्खर जस्तो लाग्छ
बिदाई बेलाभन्दा कही खोजे जस्तो लाग्छ
खुशीको पल बितेको भर्खर जस्तो लाग्छ
बिदाई बेलाभन्दा कही खोजे जस्तो लाग्छ
बाँडिनुभन्दा अघि मेरा जहानहरूलाई
फैलाई दिई अंगालो छोपुँ कि जस्तो लाग्छ
जाँदैछु याद संगाली बन्धन नसम्झी दिनु
पहिलो हो गीत मेरो अन्तिम नसम्झी दिनु
पहिलो हो गीत मेरो अन्तिम नसम्झी दिनु
पहिलो हो गीत मेरो अन्तिम नसम्झी दिनु
शब्दः नगेन्द्र थापा
संगीतः गोपाल योञ्जन
स्वरः माणिक रत्न