गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला
एक्लै तिमी नआऊ म मात्तिएको बेला
म मात्तिएको बेला
मेरा यी हातहरूले कही घात गर्न सक्छ
अनि प्यारो गर्दा गर्दै, पाप पनि गर्न सक्छ
रूपको के मूल्य हुन्छ, म पशु भएको बेला
एक्लै तिमी नआऊ म मात्तिएको बेला
म मात्तिएको बेला
कही धर्म गर्ने निहुमा बलिदान हुन नपाओस्
सम्पूर्ण अंग बाँधी अत्याचार हुन नपाओस्
मेरा कामनाहरूले मलाई हराई दिन्छ
तिमी भन्दा तिम्रो योवन कही मन पराई दिन्छ
रक्षक मलाई नसम्झ, राक्षस भएको बेला
एक्लै तिमी नआऊ म मात्तिएको बेला
म मात्तिएको बेला
शब्द/संगीतः गोपाल योञ्जन
स्वरः नारायण गोपाल