मैले जीवनलाई कसरी सजाएँ
मेरो जीवन देख्नेहरू तर्सिदिन्छ
मैले फूलहरू सम्झेर के बटुलेँ
ती सबले त्यसैलाई मेरो भुल सम्झिन्छ
मैले जीवनलाई….
मेरो जीवनीले मलाई बाँचिदिन्छ
अमूल्यको सपना सत्यले झस्काउँछ
मेरो हर प्रहरलाई पीरले स्वागत गर्छ
मेरो आँखालाई म कसरी भिजाऊँ
ती देख्नेहरूले रमिता सम्झिन्छ
मैले जीवनलाई….
म मान्छे भएर बाँच्न नै पर्छ
जीवनलाई कुनै रूप दिनु कर लाग्छ
खाली हात नै जीवन फितल नै पर्छ
यि हात फैलाउने मेरो बानी छैन
यो सत्य सबैले अहंकार सम्झिन्छ
मैले जीवनलाई….
शब्द/संगीतः शरण प्रधान
स्वरः अरूणा लामा