मेरो रहर ब्युँझिएर
तिम्रो छेऊ आई हाँसेँ
केही रहर बिन्ती छ
तिमीले पनि सम्हाली राख्नु
मेरो रहर ब्युँझिएर
तिम्रो छेऊ आई हाँसेँ
केही रहर बिन्ती छ
तिमीले पनि सम्हाली राख्नु
तिमीले पनि सम्हाली राख्नु
मेरो रहर ब्युँझिएर
रात आफै निदाएछ
उज्यालोलाई लत्याएर
शून्य आफै मरेको छ
आफूभित्र गुम्सिएर
रात आफै निदाएछ
उज्यालोलाई लत्याएर
शून्य आफै मरेको छ
आफूभित्र गुम्सिएर
त्यसैले, बिन्ती छ यस्तै रातमा
मेरो रहर ब्युँझिएर
कोही भन्छन् रात पनि
बग्ने खोला जस्तै हुन्छ
कोही भन्छन् मन पनि
बाटो बेगर बग्ने हुन्छ
कोही भन्छन् रात पनि
बग्ने खोला जस्तै हुन्छ
कोही भन्छन् मन पनि
बाटो बेगर बग्ने हुन्छ
त्यसैले बिन्ती छ यस्तै रातमा
मेरो रहर ब्युँझिएर
तिम्रो छेऊ आई हाँसेँ
केही रहर बिन्ती छ
तिमीले पनि सम्हाली राख्नु
तिमीले पनि सम्हाली राख्नु
तिमीले पनि सम्हाली राख्नु
तिमीले पनि सम्हाली राख्नु
शब्दः शिव शंकर थापा
संगीतः प्रकाश गुरूङ
स्वरः ओम विक्रम बिष्ट