तिमी मेरो दिन हौ कि रात हौ
मैले केही जान्न सकिनँ
तिमीले वरदान दियौ कि श्राप दियौ
मैले केही बुझ्न सकिनँ
तिमी मेरो दिन हौ कि रात हौ
मैले केही जान्न सकिनँ
रिसाई दिन्छौ कहिले तिमी कहिले फेरि माया गर्छौ
रिसाई दिन्छौ कहिले तिमी कहिले फेरि माया गर्छौ
नजिक हुन्छौ कहिले, कहिले त्यसै पर सर्छौ
तिमी फूल हौ कि काँडा
मैले आज चिन्नै सकिनँ
तिमीले वरदान दियौ कि श्राप दियौ
मैले केही बुझ्न सकिनँ
बतास बन्छौ कहिले तिमी सुभाष बोकी आई दिने
बतास बन्छौ कहिले तिमी सुभाष बोकी आई दिने
बादल हुन्छौ कहिले धर्तीमा छाई दिने
तिमी हार हौ कि जीत हौ
मैले केही भन्न सकिनँ
तिमीले वरदान दियौ कि श्राप दियौ
मैले केही बुझ्न सकिनँ
तिमी मेरो दिन हौ की रात हौ
मैले केही जान्न सकिनँ
शब्द/सङ्गीत: द्वारिकालाल जोशी
स्वरः सत्य नारायण राजभण्डारी