यो भाग्यले कस्तो खेल मानिसको जीवनमा हेर खेलेको
माया गर्छु भन्नेलाई किन मायाले धेरै पोलेको
बदनाम भई सत्य किन मुटुभरि तड्पिन्छ
आशाहरूको चौतारी किन त्यसै भत्किन्छ
जीवनका ती सपनाहरू आँखैभरि सल्किन्छ
यो भाग्यले कस्तो दिन मानिसको जीवनमा हेर ल्याएको
माया गर्छु भन्नेलाई किन मायाले टाढा पारेको
शब्द/संगीतः दिव्य खालिङ
स्वरः नारायण गोपाल